मधेश प्रदेशमा भण्डाफोर अभियान सुरु गर्ने रास्वपाको घोषणा
२०८१ चैत २७ बुधबार
- मधेशको मौजूदा व्यवस्थाका अस्वीकृत पक्षलाई उजागर गर्न र सरकारको कुशासन तथा भ्रष्टाचारका दुष्प्रभावलाई जनताको बीचमा ल्याउने उद्देश्यका साथ पार्टीले अभियान सुरु गर्न लागेको जनाएको छ ।
जनकपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सातादेखि मधेशमा भण्डाफोर अभियान सुरु गर्ने घोषणा गरेको छ ।
मधेशको मौजूदा व्यवस्थाका अस्वीकृत पक्षलाई उजागर गर्न र सरकारको कुशासन तथा भ्रष्टाचारका दुष्प्रभावलाई जनताको बीचमा ल्याउने उद्देश्यका साथ पार्टीले अभियान सुरु गर्न लागेको जनाएको छ ।
जनकपुरधाममा पत्रकार सम्मलेनमार्फत रास्वपा मधेश प्रदेश सभापति इन्जिनियर तपेश्वर यादवले पार्टीको उद्देश्य र आगामी योजनाबारे विस्तृत रूपमा जानकारी दिएका छन् ।
उनले भने, ‘हामी व्यवस्थाविरुद्धको भण्डाफोर अभियानलाई मधेश प्रदेशका प्रत्येक पालिकाबाट सुरु गर्नेछौं । यो अभियानले सरकारको कुशासन र भ्रष्टाचारका दुष्परिणामहरूको पर्दाफास गर्नेछ ।’
यादवका अनुसार यो अभियान मधेशका आठवटै जिल्लामा विशेष प्रभावकारी ढंगले सञ्चालन गरिनेछ ।
‘हामी हरेक जिल्ला र गाउँमा जनचेतना फैलाउने र जनतालाई जागरुक बनाउने काममा लाग्नेछौं । यस अभियानका माध्यमबाट जनतालाई केवल सरकारका गलत क्रियाकलापका बारेमा मात्र जानकारी दिने होइन, उनीहरूको अधिकारको रक्षाका लागि आवाज उठाउन पनि प्रेरित गर्नेछौं,’ उनले थपे ।
यस अभियानसँगै रास्वपाले देशभरको युवा शक्ति र जन जागरण अभियानलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ । इन्जिनियर यादवले पार्टीले युवालाई राजनीतिक, सामाजिक र नागरिक अधिकारका बारेमा शिक्षित गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताए ।
‘हामी यो आन्दोलनलाई केवल राजनीतिक प्रतिरोधको रूपमा होइन, एक सामाजिक जागरणको अवसरको रूपमा लिन्छौं । हाम्रो उद्देश्य जनतामा चेतना ल्याउनु हो,’ यादवले भने ।
त्यस्तै उनले पार्टी सभापति रवि लामिछानेमाथि गरिएको धडपकडप्रति आक्रोस व्यक्त गरेका छन् ।
‘राजनीतिक प्रतिशोधका आधारमा हाम्रो सभापति रवि लामिछानेलाई निशाना बनाइएको छ । सरकारका गलत कदमको विरोध जनाउन हामीले यो अभियानलाई अझ व्यापक बनाउने छौं । यो केवल रास्वपाको विरोध होइन, सम्पूर्ण लोकतान्त्रिक व्यवस्था र जनताको अधिकारको रक्षा गर्ने अभियान हो,’ यादवले स्पष्ट पारे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।